पोखरा ५ का ज्येष्ठ नागरिकसँग पोखरा महानगर न्यायिक समिति

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । न्यायिक समितिको काम, कर्तब्य र अधिकार बारे जनस्तरमा पुर्‍याउने उद्देश्यले पोखरा महागनरपालिका न्यायिक समितिले ज्येष्ठ नागरिकसंग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पोखराका विभिन्न संघसंस्थाको आयोजनासंगको सहकार्यमा ज्येष्ठ नागरिक र विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम गरेको छ । सोही कार्यक्रम अन्र्तगत नमुना महिला विकास समाजको आयोजनामा पोखरा महानगरपालिका वडा नम्वर–५ प्रस्याङमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रका ज्येष्ठ नागरिकसंग न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन गदै वडा नम्वर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले स्थानीय तहका विवाद समाधानका लागि न्यायपालिकाको रुपमा न्यायिक समितिको व्यवस्था संविधानले गरेको बताए । उनले ज्येष्ठ नागरिकसंग सम्वन्धी विवाद समेत न्यायिक समितिले गर्ने भएकाले यसको जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिले ज्येष्ठ नागरिकलाई इज्जत अर्मादसंग खान लाउन नदिएमा न्यायिक समितिमा आउन सक्ने बताए । कार्यक्रममा न्यायिक समिति सदस्य भावना श्रेष्ठले न्यायिक समितिको गठन प्रक्रिया र समितिका अभिलेख संरक्षक राममणी अधिकारीले समितिको अधिकार क्षेत्रका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरा ५ का अध्यक्ष विश्वनाथ पराजुलीले न्यायिक समितिको कार्यक्रम ल्याएर कानुनका विषयमा जानकारी दिएको भन्दै धन्यबाद ज्ञापन गरे ।

कार्यक्रम नमुना महिला विकास समाज कास्कीका अध्यक्ष दुर्गा खनालको अध्यक्षतामा भएको थियो भने स्वागत कोषाध्यक्ष ज्योति नेपाली र सचिव पार्वती गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्