पाेखरामा जुडाे खेल संघ गठन,अध्यक्षमा सुरेन्द्र बराल

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

पोखरामा जुडो खेल संघ गठन भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले पोखरा महानगरपालिका खेलकुद बिकास ऐन २०७५ बमोजिम बुधबार जुडो खेल संघ गठन गरेको हो ।

सुरेन्द्र बरालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । संघकाे उपाध्यक्षमा रेवाती भण्डारी, सचीवमा मिलन बाबू सुनवार र कोषाध्यक्षमा शेर बहादुर आले चयन भएका छन । यस्तै सदस्यहरुमा अर्जुन लामिछाने , सुशील तिवारी , निर्मल न्यौपाने , दिपक अधिकारी र मनोज सुनार चयन भएका छन ।

गण्डकी जुडो संघका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रुद्र नारायण मल्लले खेलकुदमा राजनीति घुस्नाले प्रगति हुन नसकेको गुनासो गरे ।

उनले खेलकुदका कार्यक्रम निस्पक्ष रुपमा सञ्चालन गर्न सके शारीरिक, मानसिक रुपमा स्वस्थ हुने र आत्मरक्षाका लागि जुडो खेल व्यवहारिक खेल भएको बताए ।

प्रमुख अतिथि पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिब सुवास खड्काले ” समृद्धि पोखरा स्वस्थ नागरिक ” भन्ने नारालाई आत्मसात गर्दै पोखरा महानगरपालिका खेलकुद विकास ऐन २०७५ बमोजिम खेलकुदका सबै गतिविधि चलायमान गर्न विभिन्न संग गठन गरेको बताए । जस अन्तर्गत जुडो खेलको पनि संघ गठन गरिएको बताए ।

संघ गठन गर्ने मात्र ठुलो कुरा नभएको भन्दै उनले त्यसलाई व्यवसायिकता र खेलाडीलाई खेलमा रहिरहन प्रेरित गर्न जरुरी रहेको बताए । कार्यसम्पादन गर्दा विभिन्न चुनौती आइपर्ने हुँदा ध्यानपुर्वक अगाडि बढ्न उनले सुझाव दिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्