‘नचिन्नेले कुरा काट्न कसम खाएको छ’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

जब मेरा कमजोरी सबै थाहा पाएको छ
नचिन्नेले कुरा काट्न कसम खाएको छ ।

न्याउलीले पनि थाहा पाएछ मेरो कहानी
विरहको गीत छाडेर मिठो गीत गाएको छ।

कैयौँ दुखले हुर्काएको छोराले पनि आज
बाआमालाई वृद्धाश्रम लान धाएको छ।

साच्चै नेताको जस्तै रहेछ है तिम्रो स्वभाव
सहजै आशालाई निराशामा छाएको छ।

विकास, विकास रहदैन होला अबदेखि
थाहा छैन यसलाई कसले बाँच्न लाएको छ।।

✍️विकास लामिछाने
पोखरा-३१, लामाश्वारा, कास्की ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्