मिस गुरुङको पाँचौ संस्करण शुरु हुदै,विजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
मिस गुरुङ इन्टरनेशनलको पाँचौ संस्करणको तयारी पुरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभुषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पुरा भएको आयोजक मृग तृष्णा फेसन हाउसले जनाएको छ ।

आगामी भदौ २१ गते गोरखा, २२ गते पोखरा, २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिसन हुदैछ । इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइरहेको छ ।

उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा व्यक्तित्व विकास, भाषा–संस्कृति, जीवन विज्ञान लगायतका विभिन्न विषयहरुमा सम्वन्धित क्षेत्रका विशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराउन अध्यक्ष तृष्णा गुरुङले जानकारी दिईन् ।

मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी प्रतियोगिहरुलाई वर्षभरी नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायतका आयआर्जन मुलक व्यवसायिक गतितविधिहरुमा समेत क्षमता अनुसारको अवसर प्रदान गरिनुका साथै उपाधि विजेतालाई नगद पुरस्कार सहित अष्ट्रेलियामा हुने हेरिटेज फेसनशोमा रूपमा सहभागी हुने अवसर पाउनेछन् ।

मिस गुरुङ इन्टरनेसनल उपाधि विजेताले नगद पुरस्कार पाँच लाख, मिस पपुलर अवार्ड विजेताले तीन लाख तथा फस्ट रनरअपले दुई लाख सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले नगद पच्चीस हजार सहित विभिन्न पुरष्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा अनलाइन भोटिङ्ग पार्टनरको रुपमा ओएस आर कनेक्ट रहेको छ भनेप्रतियोगिता व्यवस्थापनको जिम्मा बि एण्ड बि इभेन्ट मानियाले लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्