
पाेखरा । सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल निर्वाचित भएका छन् ।
क्लबको शनिबार १३ औं अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा बराललाई सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवक्ता समेत रहेका बराल क्लबमा बौद्धिक व्यक्तित्वको रुपमा चिनिन्छन् ।
वसन्त थकाली नेतृत्वको तेस्रो कार्यकालमा २०५८ मा सहसचिवबाट क्लबको कार्यसमितिमा प्रवेश गरेका बराल अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए ।
यस्तै, कार्यसमिति वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भए । उनी संस्थापक सचिवसमेत हुन् । उपाध्यक्षमा चित्रबहादुर पुन र महासचिवमा रामजीप्रसाद अधिकारी दोहोरिए ।
सचिव टंकराज पौडेल, कोषाध्यक्षमा बिनु राना मगर र सहकोषाध्यक्ष अशोक लालचन चयन भए ।
सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल चयन भए ।
क्लबले शनिबार अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा विशेष समारोहबीच रजत महोत्सव मनायो ।
२०५५ साल भदौ ३० मा जन्मिएको सहारा क्लब मोफसलको चर्चित क्लब हो ।
सहाराले हरेक वर्ष पोखरा रंगशालामा आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ भने पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी चलाएको छ ।