एमाले गण्डकीको अधिवेशनमा र्याली झाँकीमय हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने अधिवेशन पूर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल-पहाड- तराइको सम्पुर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने भएको हो ।

झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुम बहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरि तयारी गर्ने निर्णय गरेको हो ।

अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पन्चै बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिए ।

संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेस कमिटी उपसचिव रश्मि आचार्यले अधिवेशनको तयारी र झाँकी ब्यवस्थापनका सन्दर्भमा भनाई राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्