नारी उत्थान समाजसेवा पुरस्कार सुष्मा पौडेललाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडललाई प्रदान गरिने भएको छ । नारी उत्थान दिदीबहिनी समूह, पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको छनोट समिति संयोजक छन्दनायक माधव वियोगीले बताए ।

प्रतिभा छनोटका लागि समूहका संस्थापक सल्लाहकार छन्दनायक वियोगीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । जसको सदस्यमा समूहकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला भुजेल सदस्य थिए ।

पत्रकारितासँगसँगै महिला हिंसा न्यूनीकरण र सामाजिक जागरणका विभिन्न अभियानमा सक्रिय पोखरा बिरौटा निवासी पौडेल पत्रकार, अधिवक्ता र सामाजिक अभियन्ताको रुपमा परिचित छिन् । उनले कास्कीसहित विभिन्न जिल्लामा पुगेर महिला सशक्तीकरणका विभिन्न कार्यक्रम तथा सीपमूलक शिक्षा प्रदान गर्दैै आएकी छन् ।

गएको २ दशकदेखि समाजसेवामा विशिष्ट योगदान पु¥याएकी उनी पुरस्कारको लागि उपयुक्त पात्र रहेकोले पुरस्कृत गर्न लागिएको संयोजक वियोगीले बताए ।
समाजसेवा क्षेत्रमा विशिष्ट र प्रभावकारी कार्य गर्ने नारी प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले संस्थाले यो वर्षदेखि प्रदान गर्ने गरी पुरस्कार स्थापना गरेको समूहकी अध्यक्ष जानुका पौडेलले बताइन् । पुरस्कार सोमबार पोखराको बेलघारीमा आयोजित समारोहमा हस्तान्तरण गरिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्