भिडभाड हुने मुख्य एरियामा फुटपाथ क्लियर गराउँदै पाेखरा महानगर (फाेटाे फिचर)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा महानगरपालिकाले पाेखरामा मानिसकाे आवातजावत बढि हुने र सवारी चाप हुने  मुख्य एरियामा फुटपाथ क्लियर गराउने अभियान थालेकाे छ ।

साेमबार नगर प्रहरी निरिक्षक पुरुषाेत्तम थापासहितकाे टाेलीले सिद्वार्थचाेकदेखि चिप्लेढुङ्गा हुदै महेन्द्रपुल पालिखेचाेकसम्म सडकपेटि खाली गरायाे ।

बढि भिडभाड हुने एरियामा फुटपाथमा गरिएका व्यापार, निर्माण सामाग्री तथा राखिएका पार्किङ समेत हटाई नियमानुसार काम गरेकाे प्रहरी निरिक्षक  थापाले बताए ।

उनले मंगलवार विपि चाेकबाट न्यूराेड एरियामा फुटपाथ हटाईने जानकारी दिए ।

‘अवदेखि पाेखराका भिडभाड  हुने एरियामा फुटपाथ क्लियर हुन्छ,केहि सामान राख्न र व्यापार गर्न पनि पाईदैन्  । याे  दिर्घकालिन अभियान हाे ।’ प्रहरी निरिक्षक  थापाले भने:- ‘अहिले भिडभाड हुने मुख्य एरिया, पृथ्विचाेक, सभागृहचाेक, महेन्द्रपुल, लेकसाईड लगायतका एरियामा फुटपाथ क्लियर गराउँछाैं । र, पछि अन्य ठाउँमा पनि फुटपाथ क्लियर गराउँछाै ।’

उनका अनुसार बाटाेमा मात्र हैन, सटर अगाडीका पेटिमा समेत सामान राख्न पाईदैन ।

कतिपय व्यवसायीहरुले भने आफूले सटर भाडामा लियपछि अगाडीकाे पेटिमा सामान राख्न पाउनुपर्छ भन्ने तर्क गरेका थिय । सटर भाडामा लियर ठुलाे लगानी गरि व्यापार व्यवसाय गर्न नसक्ने पेटिमा व्यापार गरि गुजारा चलाएका छन् । तिनिहरुकाे पेटमा महानगरले लात हान्न नहुने साना व्यवसायीहरु बताउँछन् । तर नगर प्रहरी निरिक्षक  थापाले भने सटरभन्दा अगाडी पेटिमा र बाटाेमा व्यापार गर्न नै नपाईने नियम रहेकाे बताए । यदि कसैले अटेर गरि फुटपाथमा व्यापार गरेमा तिनीहरुकाे सामान नियन्त्रणमा लिईनेर  नियमअनुसार प्रकृयामा जाने उनकाे भनाई छ ।

थापाले जिपिएसकाे माध्यमबाट अण्डरग्राउण्ड पार्किङकाे क्षमता पहिचान गरि साेहि अनुसार पार्किङ पनि व्यवस्थापन गर्ने दावी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्