आइएसएसआरद्वारा पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
इन्स्टिच्युड फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिर्सच (आइएसएसआर) र खबरहबले पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका पूर्वगर्भनर एवम् एसियाली विकास बैंकका पूर्वप्रमुख प्रो.हारुहिको कुरुडाले नेपालमा आर्थिक विकासका धेरै सम्भावनाहरु भएको उल्लेख गरे ।

“नेपालले छिमेकी मुलुक चीन र भारतबाट सहयोग लिन सक्छ । प्राकृतिक सम्भावनाहरु पनि थुप्रै छन् । जसले अर्थतन्त्र विकासका लागि ठूलो भूमिका निर्वाह गर्नसक्छ ।”, उनले भने ।

हिमाल, खोलानालालाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । नेपालको भौगोलिक अवस्थालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरि लाभ लिन सकिने धारणा उनको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेमगरले नेपालको अर्थतन्त्रको विकास लागि धेरै सम्भावना भएता पनि नीतिगत तहमा चुकेकाले प्रगति हुन नसकेको उल्लेख गरे ।

उनका अनुसार नीतिगत तह सबल भए अर्थतन्त्र सुधार गर्न सकिन्छ । कार्यक्रममा प्रो.विन्दुनाथ लोहनी र आइएसएसआरका निर्देशक नरेश श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

पोखराका व्यवसायिक तथा आर्थिक क्षेत्रका १५० भन्दा बढीको सहभागिता रहेको कार्यक्रमलाई नेप्लीज इन्टरपेनर्स फोरम पोखरा च्याप्टरले स्थानीय रुपमा समन्वय गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्