पोखरा वडा नम्वर ५ मा फुटबल र दौड प्रतियोगिता,शुक्रवारदेखि शुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ ले खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ–दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ वडाले खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा फुटबल र दौड गरेर दुई खेलमा प्रतिष्पर्धा हुनेछ । यहि २६ शुक्रवारदेखि शुरु हुने प्रतियोगिता २८ गतेसम्म मालेपाटनमा रहेको खेल मैदानमा सञ्चालन हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । फुटबल र दौड दुवैतर्फ नाम र टीम दर्ता गर्न शुल्क लाग्ने छैन । प्रतियोगितामा भाग लिन पोखरा ५ मा स्थायी वा अस्थायी बसोबास गरेको हुनुपर्ने बताईएको छ ।

टोल स्तरीय हुने फुटबल प्रतियोगिता प्रथम सेभेन ए साइड हुने छ भने सो खेलको उद्घाटन असोज २६ गते बिहान ८ बजे हुनेछ । प्रतियोगितामा वडामा रहेका २४ वटै टोल विकास संस्थाले सहभागिता जनाउने सेभेन ए साइड फटबल प्रतियोगिताका संयोजक प्रकाश पराजुलीले जानकारी दिए ।

उनका अनुुसार फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद २६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टीमलाई नगद १३ हजार ३ सय ३३ रुपैयाँ ट्रफि मेडल र प्रमाणपत्र दिईनेछ ।

यस्तै दौड प्रतियोगिताको लागि तीनवटा विधा छुट्याइएको छ । जसमा खुल्ला दौड पुरुष, खुल्ला दौड महिला र ६० वर्ष माथिका जेठ नागरिकबिच दौड प्रतियोगिता गरिनेछ । असोज २७ गते शनिबार बिहान पौने सात बजे सुरु हुने दौड प्रतियोगिताका सहभागीले वडा नं. ५ का विभिन्न मार्गहरु भएर ७ दशमलव २ किलोमिटरको दुरी पुरा गर्नुपर्ने खुल्ला दोड प्रतियोगिताका संयोजक निरञ्जन खत्रीले जानकारी दिए ।

दौड प्रतियोगितामा ५ सय जनाको सहभागिता हुने आयोजकको अपेक्षा छ । सबै विधाको दौड प्रतियोगिताको विजेताले नगद ६ हजार ६ सय ६६ रुपैयाँ, द्धितिय हुनेले ४ हजार रुपैयाँ र तृतीय हुनेले २ हजार ६ सय ६६ रुपैयाँ नगदको साथमा मेडल र प्रमाणपत्र हात पार्ने संयोजक खत्री बताए ।

इच्छुक वडावासी खेलाडीलाई असोज २४ गतेसम्म टिम दर्ता गर्न वडाले आग्रह गरको छ । टिम दर्ता गर्न वडा कार्यालयमा जानुपर्नेछ ।

वडामा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । पोखराको वडा नम्बर ५ खेलकुदको आधारभुमि भएको उनको भनाई छ । पत्रकार सम्मेलनको सञ्चालन वडा सदस्य हरिमाया विश्वकर्मा र स्वागत वडा सदस्य गोविन्द पराजुलीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्