विना र आभालाई लक्ष्मण र चन्द्रको ‘उडी उडी चुप्पा’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं ।

युवा पुस्तामाझ भाइरल थेगो उडी उडी चुप्पा बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् ।

‘सार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको गज्जबको रोमान्स प्रस्तुत गरेका छन् । गीतको भावसँग मिल्ने गरि मोडल छनौट र कोरियोग्राफिको डिजाइन गरिएको हो । युवा पुस्तामाझ चर्चित थेगोमा आधारित रहेर बनेको गीत भएका कारण यो गीत पनि युवापुस्तामाझ चर्चित हुने अपेक्षा छ ।’ निर्देशक मौसम हिमालीले भने ।

लक्ष्मण भण्डारी युट्युब च्यानलबाट सार्वजनिक गीत उडी उडी चुप्पालाई तेजु मगर र उषा लामिछाने थापा मगरले संयुक्त रुपमा गाएका हुन् । गायक तेजु मगरकै संगीत रहेको गीतलाई हिरण मगरले लेखेका हुन् । एलबी डान्स एण्ड जुम्बाको प्रस्तुतीमा भिडिओ निर्माण भएको हो ।

मोडल समेत रहेका लक्ष्मण भण्डारीले काठमाडौंमै एलबी डान्स एन्ड जुम्बा कक्षा संचालन गरिरहेका छन् । उनी आफै मोडल सँगै नृत्य प्रशिक्षक समेत हुन् । लक्ष्मण यसअघि राजेशपायल राईको चर्चित गीत समयको खेलमा समेत अभियन गरेका थिए ।

नृत्य, मोडलिङ र अभिनयमा करिअर बनाउन संघर्षरत भण्डारीले पछिल्लो पटक सार्वजनिक भएको यो गीतबाट आफू निकै आशाबादी रहेको सुनाए । ‘चर्चित थेगोमा बनेको गीत, उत्कृष्ट कास्टिङ केमेस्ट्रि र मेकिङ भएका कारण यो भिडिओलाई दर्शकहरुले रुचाउनेमा म पूर्ण रुपमा विश्वस्त छु ।’ भण्डारीले भने, ‘आगामी दिनमा पनि दर्शकहरुलाई मन पर्ने यस्तै थुप्रै सृजनाहरु लिएर आईरहने नै छु ।’

लक्ष्मणजस्तै गीतमा अभिनय गरेका चन्द्र गुरुङ, विना राउत र आभा थापा पनि भिडिओबाट आफूहरु निकै आशाबादी रहेको प्रतिक्रिया दिए । सार्वजनिक भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् भने नविन घर्तीमगर यसका सम्पादक हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्