वेगनास ताल वरपर वर्ल्डलिंककाे फ्री वाइफाइ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक  संस्था वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडद्वारा बेगनासताल डुंगा व्यवसाय समितीसँगको सहकार्यमा पर्यटकीय क्षेत्र बेगनास तालको  प्रचार प्रसारमा टेवा पुग्ने  हेतुले र त्यहाँ आउने पर्यटकलाई सहजताको लागि फ्री वाइफाइकाे ब्यवस्था गरेको छ ।

 वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेड गण्डकी क्षेत्रको  क्षेत्रिय बजार अधिकृत हेम गुरुङ, क्षेत्रिय बित्त अधिकृत अभिशेक  घिमिरे, पोखरा महानगर पालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कंडेल र बेगनासताल  डुंगा ब्यवसाय समितिका अध्यक्ष रबिराज कंडेल द्वारा संयुक्त  रुपमा उद्घाटन गरेका थिए ।

सोही अवसरमा वर्ल्डलिंक द्वारा डुंगा व्यवसायी समितिलाई लाइफ ज्याकेट र  डस्ट्बिन पनि हस्तान्तरण गरेको थियो ।

 वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेड लेखनाथ शाखाका शाखा प्रमुख विश्वास बड्गामीले स्वागत गर्दै संस्थाको सामाजिक उत्तरदयित्व अन्तर्गत राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रख्यात पर्यटकीय स्थलमा कम्पनीले सम्पूर्ण  सर्बसाधारणलाई सहयोग पुग्ने गरी सेवा दिन पाउदा खुसि लागेकाे बताए ।

 साथै आगामी दिनमा पनि सो सेवालाई निरन्तरता दिने प्रतिबद्दता जनाउनु जनाए ।

 पोखरा महानगरपालिका वडा  नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले वेगनास क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने गरी वर्ल्डलिंकद्वारा गरिएको कार्यलाई धन्यवाद दिदै वडा नम्बर ३१ स्थित अन्य पर्यटकीय क्षेत्रमा पनि सहयोग र सहाकार्यको अपेक्षा राखे ।

साथै उनले डुंगा व्यवसायी र डुंगा चालकलाई त्यस क्षेत्रको पर्यटकीय विकासमा जोड दिन र त्यहाँ आउने पर्यटकलाई उच्च सम्मानका साथ व्यबहार गर्न पनि अनुरोध गरे ।

  बेगनासताल  डुंगा व्यवसाय समितिक अध्यक्ष रबिराज कंडेलले वर्ल्डलिंक बाट प्राप्त सहयोगको लागि धन्यवाद दिदै त्यस क्षेत्रको पर्यटन प्रवर्द्वन र विकासमा आगामी दिनहरुमा पनि सहयोग र  सहकार्यको अपेक्षा गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्