जाजरकोटमा भूकम्प: ३६ जना भन्दा बढीकाे मृत्यु, सयाैं घाईते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती गएकाे भूकम्पमा परि  जाजरकोट र रुकुम पश्चिममा ३६ जनाभन्दा बढिकाे ज्यान गएकाे छ । सयाैं घाईते भएकाे खवर छ ।

भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाले जानकारी दिए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ ।

रातकाे समयमा गएकाे भूकम्पका कारण क्षतिकाे एकिन विवरण आउन बाँकी छ ।

शुक्रवार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हाे ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्