भूकम्प अपडेट: जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । गयराती गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार ५५ जना घाइते भएका छन् ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए ।

योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताईएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्