भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ ।

गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनााएको छ ।

यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको हाे । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्