पञ्चासे अल्ट्रा रेस सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरा ट्रेल रेस सिरिजद्वारा आयोजित पञ्चासे अल्ट्रा रेस शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा २३ जना विदेशी र ८७ जना नेपाली खेलाडी गरि जम्मा ११० जनाले भाग लिएको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए ।

८० किलोमिटर दौड तर्फ सफल लामा, सुदिप थापा र सुखद बस्याल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । लामाले ८० किलोमिटर दुरी १२ घण्टा ४२ मिनेट, थापाले १४ घण्टा ३८ मिनेटमा र बस्यालले १५ घण्टा ४० मिनेटमा पार गरेका हुन् । ८० किलोमिटर दौड लुम्रेबाट लोक्याम्प हुँदै बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिएको थियो । विजेता सहित दौड पुरा गरेका हसन गुरुङ र सन्तोश गुरुङले मेडल र केटिम सिटी तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

त्यसै गरि ५५ किलोमिटरको दौडको पुरुष तर्फ बेद बहादुर सुनुवार, धिरज बहादुर बुढा र मोहन देव जोशी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिला तर्फ भने प्रिय राई, मन्जु रावत र निकोला स्वराघान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । प्रथम भएका सुनुवार र प्रिय राईले एक महिना पछि थाइल्याण्डमा हुने दौडमा भाग लिने आयोजकले बताए । त्यसै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र ७ हजार प्राप्त गरेका छन् ।

त्यस्तै गरि २५ किलोमिटरको दौडको पुरुष तर्फ निरज भट्ट क्षेत्री, अशोक बराम र तेन्जोन रोका मगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिला तर्फ भने गनना भण्डरी, नितु तामाङ र कानुका सिल्भिय क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

त्यस्तै गरि ७ किलोमिटरको दौडको पुरुष तर्फ श्याम मग्रती, दिवाकर बुढा मगर र विक्रम खड्का क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिला तर्फ भने हुमी बुढा मगर, सुस्मिता राना र ममता नेपाले क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेता नगद र सर्टीफिकेट प्राप्त गरे ।

प्रतियोगितामा धावक हरि रोकायालाई ५० हजार नगदसहित सम्मान गरिएको थियो । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो ।

यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए । श्रेष्ठले अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको प्रष्ट पारे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्