
पाेखरा ।
माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा प्रदान गरिँदै आएकाे माधव वियाेगी साहित्य पुरस्कार २०८० बाट कवि रामबाबु सुवेदी पुरस्कृत भएका छन् । उनलाई नगद रु. पच्चीस हजार रुपैयाँ सहित (२५०००/-) सम्मानपत्र , दाेसल्ला र फूलमाला सहित सुवेदीलाई पुरस्कृत गरिएको हाे।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले जनस्तरबाटै माधव वियाेगी वाङ्मय प्रतिष्ठान खुल्नु अनि उक्त प्रतिष्ठानले माधव वियाेगी साहित्य पुरस्कार स्थापना गर्नू आफैँमा उल्लेखनीय कार्य भएकाे बताए । उनले यस प्रतिष्ठानले अघि बढाएका गतिविधि काव्य संस्कृतिकाे विकासमा रहेकाे सुखद पक्ष रहेकाे उल्लेख गरे ।”
विशेष अतिथि डा. पुष्पा के.सी भण्डारीले सिर्जनाकर्मीकाे आराधना गर्नू सभ्यताको पूजा गर्नूजस्तै भएकाे बताईन् । उनले छन्द र साहित्यकाे उन्नयनमा लाग्नुहुने सबैप्रति आभार व्यक्त गरिन्।
कार्यक्रममा छन्दनायक माधव वियाेगीले पाेखराकाे छाेरेपाटनमा रहेकाे छन्द निवासमा अब नियमित छन्द प्रशिक्षण मात्र नभई छन्दकाे नियमित वाचन श्रृङ्खला पनि हुे जानकारी दिए ।
सम्मानित स्रष्टा रामबाबु सुवेदीले भत्किएका प्राैढहरुकाे भन्दा भाेलिकाे देश निर्माण गर्ने कलिला बालबालिकाका बारेमा बाल कविता लेख्नुपर्छ भन्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बेलघारी टाेल विकास संस्थाका सल्लाहकार संयाेजक झपिन्द्र रेग्मी ,संस्कृत क्याम्पसका प्रमुख डा .जगन्नाथ रेग्मी,डेभिडफल युवा सञ्जालका महासचिव दीपक सुवेदी लगायतले बाेलेका थिए।
उक्त अवसरमा आर्या त्रिपाठी, राेशन तिम्सिना, निकेश गिरी,रुद्र बहादुर थापा,देवेन्द्र के.सी,रमा खतिवडा ,शालिग्राम आचार्य,शिव त्रिपाठी,छन्दिका त्रिपाठी लगायतले रचना वाचन गरेका थिए। उक्त कार्यक्रममा स्थानीय सामाजिक संघ,संस्था र साहित्यकारहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।
प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख संरक्षक सरिता घिमिरेले स्वागत र सञ्चालन सचिव छन्दमणि त्रिपाठीले गरेका थिए।
यसअघि उक्त पुरस्कार २०७९ मा सुप्रसिद्ध कवि मुकुन्द शरण उपाध्याय लाई प्रदान गरिएको थियाे।