आजदेखि नयाँबजारमा राष्ट्रिय औद्योगिक व्यापार मेला

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको नयाँबजारमा बिहीबार (आज) देखि ३२ आ‌ैं राष्ट्रिय औद्योगिक व्यापार मेला  सुरु हुदैछ । मेलाकाे उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गर्नेछन् । त्यसअघि गैह्रापाटनबाट मेलास्थल नयाँबजारसम्म प्रभातफेरि हुनेछ ।

 पुस १ गतेसम्म चल्ने मेलामा कुल २५० स्टल रहने आयोजक पोखरा उद्योग वाणिज्य संघले जानकारी दिएकाे छ । जसमा डोमतर्फ ५४, अटोका ५० र अन्य विभिन्नखालका १ सय ४६ स्टल रहने २५० स्टल रहने मेलाको कार्यसम्पान समिति संयोजक एवं सघ अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

उनका अनुसार मेलाबाट अनुमानित आम्दानी ९० लाखबाट खर्च कटराइ १० लाख बचत हुने अनुमान आयोजकको छ । बचत रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने उनले बताए ।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति उमेश धमलाको संयोजकत्वमा २ सय १ सदस्यीय मूल आयोजक र संघ अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्