दुई वटा स्कुटर चाेर्ने १७ वर्षीय युवक चाैथाैं पटक पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । बाग्लुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ दिप बस्ने वर्ष १७ को एक जना युवक चाैथाैं पटक पक्राउ परेका छन् ।

उनले हालसालै दुई वटा स्कुटर चाेरी गरेकाे अभियाेग छ ।पोखरा ३ नदिपुर स्थित पार्किङ गरी राखेको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा १ बगर स्थित पार्किङ गरी राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेकाे अभियाेगमा उनलाई आईतवार प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेका युवकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएकाे छ ।

यसअघि उनी तिन पटक चाेरी मुद्दामा पक्राउ परेकाे रेकर्डबाट खुलेको प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्