कुलमान गएपछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइरालाको नियुक्ति

  • ख-
  • ख+

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् ।

ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई निमित्तको जिम्मेवारी दिएका हुन् ।

ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टका अनुसार प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो ।

विभिन्न सञ्चारमाध्यमा निमित्त कार्यकारी निर्देशक हुँदै कार्यकारी निर्देशक हुन हितेन्द्र देव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ सुरु गरेको समाचार यसअगाडी प्रकाशित भएका थिए ।

तर सरकारले शाक्यलाई छाडेर कोइरालाई निमित्त तोकेको हो ।

गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो । उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्