ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । तमुुहरूको महान पर्व मुप्री ल्होसार÷ल्होछार का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताए ।

समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार पर्यटन नै भएको उनको भनाई छ ।

गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारको पूर्व पर्यटन मन्त्री समेत रहनुुभएका गुरुङले यसका माध्यमबाट रोजगारी अभिबृद्धि गर्न सकिने बताए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न सरकारको उदाशिनता देखिएको बताउँदै उनले चाँडो उडान सञ्चालन गर्ने गरी लाग्नुुपर्नेमा जोड दिए।

गुरुङ समुदायका युवाहरू व्यवसासयिक रुपमा अघि बढ्नुुपर्नेमा जोड दिदै उनले सफलताका लागि निरन्तरता, धैर्यता आवश्यक हुने बताए ।

गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुुरुङले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुुपर्ने बताउँदै गण्डकीमा पर्यटनका माध्यमबाट आयआर्जन एवम् रोजगारी बृद्धिका धेरै सम्भावना रहेको बताए ।

संघले गुुरुङ समुदायका ऐतिहासिक गाउँहरू समेट्दै कास्कीको ताङतिङदेखि याङ्जाकोट, सिक्लेस हुँदै दुधपोखरीबाट मनाङको तिमाङ सम्मको पदमार्ग विकास गर्ने अवधारणा अघि सारेको उनले बताए ।

गुरुङ सम्पदा पदमार्गका रुपमा यसको विकास गर्न सकेमा यसले पदयात्रा पर्यटनसँगै समग्र पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुु¥याउने उनकाे भनाई छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा गुुरुङ पर्यटन व्यवसायीहरूको विशिष्ट योगदान हुँदै आएको बताए ।

कोरोना प्रभावित पर्यटनलाई सहयोग पुु¥याउन पृथ्वीसुव्वा गुरुङ नेतृत्वको तत्कालीन गण्डकी प्रदेश सरकारको समयमा ल्याइएको व्यवसाय जीवन रक्षा कोषको अबधारणा सह्रानीय भएको बताउँदै उनले सरकारको व्यवसायमैत्री नीति आवश्यक भएकोमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेलले गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धनमा बोर्डले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

क्होलासोँथर गाउँपालिका लम्जुुङका अध्यक्ष सूूर्य गुरुङले गुुरुङसम्पदा पदमार्गको विकासका लागि पालिकाका तर्फबाट सक्दो बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे ।

गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङको अध्यक्षतामा एवम् महासचिव तुल गुुरुङले सञ्चालन गरेकाे कार्यक्रममा वक्ताहरूले् प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटनलाई उत्पादनसँग जोड्न सकिने धारणा राखे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्