सहारा क्लब हङकङ सल्लाहकार देव गुरुङद्वारा निरन्तर सहयोग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । सहारा क्लब हङकङका सल्लाहकार कानुन व्यवसायी देव गुरुङले सहारा क्लब पोखरालाई सहयोग गरेका छन् ।

पोखरा लामाचौर स्थायी घर भई हाल हङकङ बस्दै आएका उनी समाजसेवीको रुपमा पनि चिनिन्छन् । उनले क्लबलाई निरन्तर सहयोग गर्दै आएका छन् ।

२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप तयारी हुँदै गर्दा पोखरा आएका बखत उनले ५१ हजार नगद प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे । सो अवसरमा उनलाई क्लबले स्वागत तथा सम्मान गरेको छ ।

सहारा क्लब हङकङका सल्लाहकार देव गुरुङले प्रतियोगिताका लागिसहित सहारा एकेडेमी तथा सहारा अक्षयकोषमा पनि निरन्तर सहयोग गर्ने गर्छन् ।

खेलप्रेमी एवं दोहोरीगायक समेत रहेका उनले सहारा एकेडेमीका लागि समग्रमा करिब ७ लाख आर्थिक सहयोग गरिसकेका छन् ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित उक्त फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् । नेपालमा झण्डै साढे दुई दशकसम्म निरन्तर आयोजना हुने प्रतियोगितामा आहा रारा पोखरा गोल्डकप एक मात्र हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्