२३ औं संस्करणकाे आहा ! रारा पाेखरा गाेल्डकप माघ ९ गतेदेखि

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी माघ ९ गतदेखि हुने भएकाे छ ।

 “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित यस प्रतियाेगिता माघ २० गतेसम्म चल्नेछ ।

यस प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ ।

 “आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्देश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा रहेकाे सहारा क्लव पाेखराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

 यस प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

 उत्कृष्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्रायाेजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन  आयाेजकले जनाएकाे छ ।

आयाेजकका अनुसार म्यान अफ द म्याच ट्रफी, नगद र मेडल हरु सहारा यु.के.बाट सौजन्य प्राप्त हुनेछ ।

यस प्रतियाेगितामा पोखरा महानगरपालिकाको प्रवर्द्धन, रास्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हङकङका सल्लाहकार एवं कानुन व्यवसायी देव गुरुङ समेतको बिशेष सहयोग, अफिसियल बैंक- लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स -बुद्ध एयर रहदै आएकाे छ ।

२३ वर्ष देखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने आयाेजकले जनाएकाे छ ।

सहारा क्लवले विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ ।

 हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको आयाेजकले जनाएकाे छ र ।

 यसको अतिरिक्त पर्यटकीय शहर पोखरालाई स्पोर्ट्स हब सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तराष्ट्रिय रुपमा परिचित गराउनु र नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तर्निहित खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्नु प्रतियाेगिताकाे उद्देश्य रहेको महासचिव अधिकारीले जानकारी दिए ।

गत २२औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका रहेको थियो । विजेताले नगद पुरस्कार १२ लाख र उपविजेतालाई ६ लाख रुपैयाँ हात पारेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्