बन्दिपुरमा चाइना ग्रेटवालको झल्को दिने पर्खाल निर्माण हुदै

  • ख-
  • ख+


सुरज श्रेष्ठ,तनहुँ । चाइनाको गे्रटवाल सात अजुवा भित्र पर्ने विश्व प्रख्यात मानव निर्मित पर्खाल हो । यो पर्खाल हेर्न कै लागि बार्षिक लाखौ मान्छे त्यहाँ पुुग्ने गर्दछ । गे्रटवालबाट चीन सरकारले बर्षेनी अरबौ आम्दानी गरेको पाइन्छ ।

त्यहाँको यहि विकासको सिको गर्दे बन्दिपुर गाउँपालिकाले पनि मिनि गे्रटवालको कन्सेप्टमा पर्खाल निर्माण थालेको छ । जसलाई नाम दिएको छ ‘मुकुन्देश्री पर्खाल’ ।

लगभग एक किलो मिटर दाँया बाँया पर्खाल निर्माण समेत गरि सकेको छ ।

सो पर्खाल थानीमाई मन्दिरको फेदमा रहेको भानु स्कुल बाट शुरु गरि एैतिहासिक महत्व बोकेको मणि मुकुन्देश्वरी डाँडा पुर्याउने बताईएको छ ।

त्यही शिलशिलामा बुधबार बन्दिपुर गाउँपालिका प्रमुख पूर्ण सिं थापा र उपप्रमुख करुण गुरुङ ६ जना इन्जिनियर सहितको टोली लिएर डिपिआरको लागि त्यहाँ पुगे ।


त्यहाँ पुगेको इन्जिनियर टोलीले जिपिआरएस बाट मुकुन्देश्वरीको उचाई १३ सय २५ मिटर रहेको जानकारी दिएको छ ।

बन्दिपुर बजारबाट १० मिनेट गाडीको यात्रा गरेर मुकुन्देश्वरी डाँडाको फेद सम्म पुगिन्छ । त्यस पछि लगभग ४० मिनेटको पैदल यात्रा गरे संगै सो स्थान आईपुग्छ ।

इतिहासकारहरुको आलेखमा हेर्ने हो भने सो स्थानमा पाल्पाबाट आएर राजा मणि मुकुन्दसेनले २ सय ३० वर्ष राज्य गरेको भन्ने पाइन्छ ।


बुधबार त्यस ठाउँमा पुग्दा झाडीले डम्मै डाकेको थियो । झाडी पन्छाएर हेर्दे जादाँ सेनाहरुले परेड खेल्ने टुडिखेल,इनार,घोडा बाध्ने टाप,मन्दिर र दरबारका केहि भग्नाबशेष देखिएका थिए ।


केहि वर्ष अघि सम्म सो स्थानमा मेला समेत लाग्ने गरेको स्थानियहरु बताउँछन् । मेलामा खेलकुदका प्रतियोगिता समेत हुने उनीहरुले बताए ।

मिनी ग्रेटवाल मुकुन्देश्वरी पर्खाल हेर्नकै लागि बार्षिक थप १ देखि २ लाख पर्यटक भित्रने थापाको ठम्माई छ ।

बन्दिपुर आफैमा हावा पानीको दृष्टिले अत्यन्त उत्कृष्ट ठाउँ त्यसमा पनि ३ सय मिटर माथि मुकुन्देश्वरी डाँडा पुग्दा त्यहाँको हावापानीले जो कोहीलाई आनन्दित तुल्याउने कुरामा शंकै छैन ।
डाँडाको टुप्पै टुप्पो निर्माण हुदै गरेको सो पर्खालबाट मनोरम हिमश्रृखला,पहाड र त्यहाँबाट देखिने अन्नपूर्ण,माछापुच्छ्रे,धौलागिरि लगायतका हिमश्रृखलाले पर्यटकलाई मोहित तुल्याउने छ ।


पर्खाल निर्माण संगै त्यहाँको एैतिहासिक भग्नावशेष चिजहरुको संरक्षण गर्न सके आम्दानीको गतिलो माध्यम बन्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्