फेवा किनारबासीले पाए एक घर एक धारा 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

मदनमणी तिमिल्सिना/पोखरा । फेवा किनार बासी तथा सराङकोटको तल्लो भुभाग चङ्खपुर, भकुण्डे, खपौदी, सेदी हाइट, मेथलाङ्ग वृहत खानेपानी निर्माण समितिको  निरन्तर परिश्रम र मेहनतले छोटो समयमा नै एक घर एक धारा योजना सम्पन्न गरेको छ ।

योजना अन्तर्गत पहिलो चरणमा पोखरा १८ भकुण्डेमा योजनाकै ठुलो ३ लाख लिटर क्षमताको पानी टाङ्कीबाट पानी वितरण सुरु गरिएको हाे ।

यस चंखपुर भकुण्डे, क्यान्चोक,  खपौदि, छहदि, सेदि हाइटको एक घर एक धारा खानेपानी योजना अन्तर्गत  भकुण्डे योजनाकै ठुलो क्षमताको पानी टाङ्कीबाट धारामा पानीको परीक्षण सम्पन्न भयको र अब कुनै प्राबिधिक समस्या नभएको अबस्थामा नियमित रूपमा उपभोक्ताको  घरमा  पानी वितरण हुने समितिका सचिव गोपिलाल तिमिल्सिनाले बताए ।

२०३५/४० सालदेखि तल्लो भुभागमा खेतबारी र पेशा व्यवसायको लागि बस्ती बसेको भए पनि सहज खानेपानीको व्यवस्था थिएन्  समितिका अध्यक्ष मित्रमणि तिमिल्सिनाले भने ।

“आजको दिन खुशि र हर्षको पल हो । हिजो हामीलाई हिउँदको समयमा पानीको समस्या थियो, वर्षायाममा कुवा को पानी गाग्रीमा बोकेर जीवन प्रयोग गर्ने गरेका थियौं।” तिमिल्सिना भन्छन्- “केहि बर्ष पहिले रेडक्रसको सहयोगमा सामुहिक धारामा पालो लगायर प्रयोग गर्ने गरेको  अझ सम्म चलेको थियो पानीकै कारण समयमा आफ्नो भनेको काम गर्न नसक्ने सम्मको हाम्रो अवस्था थियो । आयोजनाले  आज अब सहज रुपमा घरघरमा आफ्नो निजि धारा आयो यो समयको माग हो ।”

केही मिडियामा फेवा किनारका बासिन्दा नै काकाकुल भनेर आएको सत्य नभएको पूर्व वडाध्यक्ष रणबहादुर थापा बताउँछन् ।

 थापाका अनुसार सबै भन्दा धेरै र सहज खानेपानीको व्यवस्था खपौदीमा नै २०६४/६५ साल देखि नै रेडक्रसको सहयोगमा पानीको  व्यवस्था भएको बताए ।

उनले खानेपानी सहि रुपमा प्रयोग नगरिदिदा सडकमा बगेर गएको सबैले देख्न सकिने र मिडियामा स्टण्डबाजी गर्नु आवश्यक नभएकाे बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्