युवापुस्ताका लोकप्रिय गायक दाहालको ‘हारजित’ सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । युवापुस्ताका लोकप्रिय गायक तथा पत्रकार निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गरेका छन् । फरक शैलीको गीतमा जम्दै गरेका गायक निर्मलले त्यसैको निरन्तरतास्वरुप ‘जित तिम्रो मान बनोस, हार तिम्रो ज्ञान बनोस’ बोलको गीत ल्याएको बताए ।

विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाधिरहेका कारण खेलाडीको सम्मानमा गित कोरेको निर्मलको भनाई थियो । दाहालको आफ्नै रचना, संगीत र स्वरमा रहेको गीतमा उनलाई र्‍यापर सुभम बोहरा (आत्मा)ले साथ दिएका छन् ।

गीतको भिडियोमा दाहालले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृष्यहरू कैद गरेका छन् । दाहालले यसअघि पागल, अचेल, जब घामलगायतका गीतहरू सांगितिक बजारमा लाइसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्