पाेखरा,१६असाेज ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र नेपाल रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा शुक्रवार भएकाे रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन संकलन भएकाे छ ।
साथै औपचारिक रक्त संकलन बस हस्तान्तरण कार्यक्रम रोटरी नेपाल डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर रो.विष्णुहरि तिमिल्सिनाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
“स्वार्थ भन्दा माथि सेवा” भन्ने मुलमन्त्रका साथ मानवीय सेवाका क्षेत्रमा क्रियाशिल रोटरी इन्टरनेशनल–३२९२ अन्तर्गत गठित रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र दक्षिण कोरियाको इन्टरनेशनल पार्टनर क्लव रोटरी क्लव अफ याइजुको सहकार्यमा दि रोटरी फाउण्डेसन ग्लोवल ग्राण्ट नं १९८०२९३ बाट नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्त संचार सेवा कास्कीद्धारा संचालन गर्ने गरी उक्त रक्त संकलन बस औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण रक्तदान कार्यक्रमको प्रभावित भई रक्त संकलन, रक्ततत्व उत्पादन र वितरणमा समस्या भएको कुरालाई मध्यनजर गर्दै उक्त रक्त संकलन एम्बुलेन्स बसको चावी अनौपचारिक रुपमा नेपाल रेडक्रस सोसाइटि कास्कीलाई केही महिना अगाडि मात्र परिस्थित अनुकुल मिलाएर औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गर्ने पत्रसहित रक्त संकलन अभियानमा प्रयोग गर्न बस उपलब्ध गराएको थियो ।
सोही पत्रसहित आज औपचारिक कार्यक्रमको आयोजना गरी सो रक्त संकलन एम्बुलेन्स बस क्लबका अध्यक्ष रो. आचार्यसहित प्रमुख अतिथि रोटरी नेपाल डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर रो.विष्णुहरि तिमिल्सिनाद्धारा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेलाई हस्तान्तरण गरिएको हो ।
यस्तै सोही कार्यक्रममा रक्तदान गर्दा आवश्यक पर्ने प्रोजेक्टर, कुर्सी, एयरकन्डिसनर, प्रिज लगायतका सामाग्रीहरु समेत हस्तान्तरण गरिएकाे थियाे ।
उक्त कार्यक्रममा ४६ यूनिट रगत समेत संकलन भएको छ । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा यस प्रोजेक्टका पहिलो कन्ट्याक पर्सन रोटरियन रोज गुरुङ्गले स्वागत मन्तव्य राखेको साथै रक्त संकलन बसको बारेमा संक्षिप्त रुपमा प्रकाश पनि बारे छन् ।
त्यस्तै सो र्कायक्रममा अतिथिका रुपमा उपस्थि इनरहुइल नेपाल डिष्ट्रीक भाइस चियर पर्सन सरसित पालिखे, रोटरी डिष्ट्रीक ३२९२ का एजी रो.विष्णु हरि तिमिल्सीनाका साथै पोखरा महानगरपालिका वडा न. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगायतले आ–आफ्नो मन्तव्य समेत राखेका छन् ।