आँधिखोला गाउँपालिकामा दन्तशिविर,३ सय २२ जनाको नि:शुल्क उपचार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा भएको दन्तशिविरमा ३ सय २२ जनाले नि:शुल्क उपचार सेवा लिएका छन् ।

यहि माघ २ गतेदेखि ६ गतेसम्म पालिकामा सञ्चालन भएको शिविरमा महिला १ सय ९० र पुरुष १ सय ३२ गरी ३ सय  २२ जनाले उपचार सेवा लिएका हुन् ।

 

आँधिखोला गाउँपालिकाको आयोजना र स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालको प्राविधिक सहयोगमा दन्तशिविर तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

पालिकाले प्रतिकारात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरेतापनि शिविर भने पहिलो पटक सञ्चालन गरेको हो । पालिकामै पहिलो पटक उपचार शिविर सञ्चालन भएकोले सेवाग्राहीको उत्साहजनक सहभागी थियो ।

गाउँपालिका अन्तर्गतका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा दन्त उपचार सेवा संचालन नहुँदा सेवाग्रीलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट वन्चितिमा परेको पालिकाले महसुस गरी अतिआवश्यकमा रहेका नागरिकहरुमा सेवा पुर्याउने उदेश्यका साथ पालिकाले दन्तशिविर तथा सचेतना कार्यक्रम सञ्चालन गरेको पालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताए ।

दन्त उपचारको लागि स्याङ्जा तथा पोखरा पुगि समयसँगै महंगो सेवा लिनुपर्ने वाध्यात्मक अवस्थालाई पालिकामा नै नि:शुल्क सेवा सञ्चालन गर्दा सेवाग्राहीलाई फाइदा पुग्नुका साथ पालिका भित्रको करिब १२ देखि १५ लाख रकम समेत जोगिन पुगेको उनको भनाई छ ।

दन्तशिविर तथा सचेतना कार्यक्रममा सेवा लिने सेवाग्राहीको विवरण:

शिविरमा दन्त परिक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरै देखी उपचार, गिजाको उपचार, औषधि वितरण र सचेतना पम्प्लेट वितरण गरिएको थियो ।

गुणस्तरीय सेवा प्रदानमा जोड दिइ सेवा उपलब्ध भएको दन्त शिविरबाट पुन: परिक्षण गर्नुपर्ने विरामीहरुलाई २ महिनापछि फ्लोअप दन्त परिक्षण उपचार समेत हुने आँधिखोला गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक निराजन लामिछानेले जानकारी दिए ।

स्वस्थ मुख र दाँत हुनु भनेको स्वस्थ शरीर हुनु हो, तसर्थ नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ ।

ग्रामीण समुदायमा मुख स्वास्थ्य सम्बन्धि जनचेतना एवं पहुँचको कमी साथै अभाव रहेको छ, गुणस्तरीय स्वास्थ्य सेवालाई सवै नागरिकको सर्वसुलभ पहुँचमा पुर्याउन स्थानीय निकायको प्रमुख दायित्व पर्दछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्