पोखरा । २३ औं आहा ! रारा पोखरा गोल्डकपमा राइजिङ स्टारलाई १–० ले हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।
आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरेका थिए ।
उनले खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाएका थिए ।
उनी प्रतियोगिताको म्यान अफ दी म्याचसमेत बनेका छन् ।
आहा! रारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।
प्रतियाेगिताकाे तेस्रो प्रिक्वार्टर खेल भोलि मच्छिन्द्र र जावलाखेलबीच हुनेछ ।










