जावलाखेल आहारारा पाेखरा गोल्डकपको क्वार्टरफाइनलमा, मछिन्द्र १–० ले पराजित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

विहीवार पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई १–० ले पराजित गर्दै जावलाखेल क्वार्टरफाइनलमा प्रवेश गरेकाे हाे ।

गोल रक्षकसँगै मछिन्द्रको कप्तानी सम्हालेका विशाल श्रेष्ठले ३८ औं मिनेटमा गरेको गल्तीले नै टिम पराजित हुन पुग्यो ।

उनी अगाडि बढेको अवस्थामा जावलाखेलका हिसुब थपलियाले बललाई खाली पोस्टमा आरामले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यही अग्रतालाई कायम गर्दै अन्ततः जावलाखेल २३ औं आहारारा पोखरा गोल्डकपको अन्तिम ८ मा प्रवेश भएको गरेको हो ।

जावलाखेल एक दशकपछि आहारारामा फर्किएको हाे ।

अब प्रिक्वार्टरफाइनल चौथो खेल भोलि विभागीय टिम एपीएफ र चर्चब्वाइजबीच हुनेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्