पाेखरामा शनिवार स्वर किन्नरीद्वय अरुणा लामा र तारादेवी स्मृति साँझ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। भोलि(शनिवार) पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।

डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको सहकार्यमा हुने कार्यक्रम पोखरा–९ न्यूरोड संगम मार्गस्थित माछापुच्छे बैंक्यूट(सरांगकोट एफ एम) छेउमा हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । अपराह्न ५.३० बजेदेखि (ठिक) शुरु हुने कार्यक्रम साँझ ७.३० बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिनेछन् ।

साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रबचनबाट कार्यक्रमको शुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए ।

करीब दुई घण्टासम्म चल्ने कार्यक्रममा मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट सांगीतिक प्रस्तुतीको शुरुवात गरेपछि ईतु जोजिजुले अरुणा लामाको ‘यहाँ फुल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिनेछन् । त्यसपछि शितल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको एक फुल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फुलैफुलको मौषम तिमीलाई’ तथा अजुदा थापाले अरुणा लामाको ‘काल काल सल सल र तारादेवीको तिम्रो नाउँ झै छ ओठमा’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर कार्यक्रमको बिट मार्नेछिन् ।

कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुनेछ । अघिल्लो वर्षदेखि शुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिने जनाइएको छ ।

डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको संयुक्त प्रस्तुतिमा हुने कार्यक्रमको सहयोगीहरुमा अटोवेज, सेलवेज, सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), यामाहा सोरुम, सिटीजन फर्निचर, नारी कलेक्सन, कञ्चन क्यापिटल प्रालि, रारा चाउचाउ, पृथ्वी सुनचाँदी तथा सुपथ कुन्दनिका ज्वेलर्स, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा, सुनचाँदी व्यवसायी संघ कास्की रहेका छन् । त्यस्तै कार्यक्रमको हस्पिटालिटी पार्टनरमा म्याजिस्टिक लेक फ्रन्ट होटल , साउण्ड पार्टनरमा एसके साउण्ड एण्ड लाईट्स, मिडिया पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजन र एडभरटाईजिङ पार्टनरमा परिचय एडभरटाईजिङ रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्