भौतिक पूर्वाधार अध्ययन तथा वर्गीकरण समितिको टोली बेनी बाग्लुङ पुगे

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्र्तगत गठन भएको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिको टोलीे बेनी,बाग्लुङ र म्याग्दी पुगेको छ ।

टोलीले बेनी बाग्लुङ र म्याग्दीको विभिन्न खेल मैदान तथा त्यहाँका भौतिक संरचनाको बारेमा स्थलगत अध्ययन अवलोकन र छलफल गरेको छ ।

टोली संग बेनी नगरपालिका प्रमुख सुरत केसी,बाग्लुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठ,विभिन्न खेलसंघका प्रमुख प्रतिनिधिको सहभागितामा छलफल समेत भएको समितिका सदस्य डिबि नेपालीले बताउनु भयो ।

छलफलमा स्थानिय तहले पूर्वाधारको कानुनी जटिलतालाई सहजीकरण गर्ने र लगानीलाई राखेप संग समन्वय गरी कार्य अघि बढाउने निर्णय समेत भएको छ ।

उक्त समितिका संयोजक राखेप सदस्य राजेश गुरुङ,समितिका सदस्य एवं साविक पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका नासु डम्बर बहादुर नेपाली अर्का सदस्य एवं जिल्ला खेलकुद विकास समिति कास्कीका इन्जिनियर अनिल अधिकारी लगायतको सहभागिता रहेको छ । टोलीले म्याग्दी जिल्लाका विभिन्न खेल मैदानको समेत संभावयता अध्ययन अवलोकन गरेका थियो ।

राखेपले साविक क्षेत्रिय तथा प्रदेश सरकारसंग समन्वय गरी छलफल गर्ने,खेलकुदका सरोकारवालाहरुसंग समन्वय,छलफल गर्ने,अन्तराष्ट्रिय,राष्ट्रिय स्तरका संरचनाहरुको पहिचान गर्ने,प्रदेश स्तरीय र स्थानीय स्तरका संरचनाहरुको पहिचान गर्ने,खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ मा भएका निष्कर्षका आधारमा छलफल गर्ने अधिकार दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्