आहारारा पाेखरा गाेल्डकप: नेपाल पुलिसमाथि चर्च ब्वाइजकाे जित,समिर तामाङकाे गाेल नै निर्णायक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेकाे छ ।

चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे ।

पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले आफ्नै गल्तीमा गोल खाएको थियो ।

आजकाे खेलसँगै चर्चब्वाइज, थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब २३ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेका छन् ।

अब चर्च ब्वाइजले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ ।

पहिलो सेमिफाइनलमा भोलि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्