आहारारा पाेखरा गोल्डकप: थ्री स्टार फाइनलमा,जावलाखेल १-० ले पराजित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । थ्री स्टार आहारारा पाेखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । बुधवार पाेखरा रंगशालामा भएकाे  सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्री स्टार क्लब प्रतियाेगिताकाे फाइनलमा पुगेकाे हाे ।

थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे ।

थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ ।

थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

भोलि अन्तिम सेमिफाइनलअन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्