शनिवार हुने आहारारा पोखरा गोल्डकपकाे फाइनलमा आर्मी र थ्री स्टारको भिडन्त

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

इतिहास रच्ने आर्मीकाे रणनीति, छैंठाैं पटक उपाधि जित्ने थ्री स्टारकाे दावी

पोखरा ।

२३ औं सस्करणको आहारारा पोखरा गोल्डकपमा आर्मीले इतिहास रच्ने तयारीमा छ । यसअघि ४ पटकसम्म फाइनलमा पुगेको आर्मीले शनिबार पोखरा रगंशालामा थ्री स्टार क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार आयोजक सहारा क्लब पोखराले आयोजना गरेको ‘प्रि–म्याच कन्फ्रेन्स’मा बोल्दै आर्मीका प्रशिक्षक मेघराज केसीले आफ्नो टीमले ४, ५ महिनादेखि निरन्तर तालिम गरेर आएकोले सहज जित हात पार्ने दावी गरे ।

पहिलाको इतिहास दोहो¥याउन भन्दा यसपाली आहा रारा जितेर नयाँ इतिहास रच्नको लागि आएको भन्दै जित्नको लागि आफ्नो टिम सक्षम पनि रहेको बताए ।

आर्मीका कप्तान भरत खवासले प्रतियोगिता खेल्ने सबै टीमले ट्रफी जित्ने प्रयास गरेपनि यसपाली निरन्तरको मेहनतका कारण आफूहरु सफल बन्ने दावी गरे ।

त्यस्तै थ्रीस्टारका खेलाडी वीराज महर्जनले जुनियर भाइहरुलाई अगाडि बढाउनुपर्छ भन्ने भावनाले नयाँ खेलाडीलाई कप्तानको भूमिका दिएर उत्साह थप्ने प्रयास गरेको बताए ।

 उनले छोटो समयमा एकीकृत गरेर टीम बनाइ छाेटाे तालिम पश्चात पोखरा आएको भन्दै थ्री स्टारले छैटौं पटक उपाधि जित्ने दावी गरे ।

थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले प्रशिक्षक हुने काम सहज नभएको बताउँदै आफ्नै गुरुको प्रतिष्पर्धी बनेर खेल्न पाउनु सौभाग्य भएको बताए ।

 मेघराज केसी हिजो पनि गुरु हुनुहुन्थ्यो र जीवनभर रहिरहनुहुन्छ भन्दै व्यवसायीक रुपमा खेल्दै गर्दा केसीबाट सिकेका कुरालाई रिमाइण्ड गर्ने प्रयास गरेर फाइनलमा टीमलाई खेलाउने तयारी गरेको बताए ।

 आफ्नो प्यासनलाई देखाउने एउटा अवसरको रुपमा शनिबारको खेललाई लिएको समेत उनले सुनाए । ५ वर्ष अगाडि उपाधि जित्दा खेलाडी रहेका उनले फाइनल खेल यसअघिका खेलमा जस्तै मेहनत गरेर जित्ने बताए ।

थीस्टार उद्घाटन खेलमा सहारा क्लबलाई २–१, क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेललाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको टीम हो ।

 त्रिभुवन आर्मी क्लबले प्रि–क्वाटरमा राइजिङ स्टार फुटबल क्लबलाई १–०, क्वाटर फाइनलमा संकटालाई ३–०, सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेको टीम हो ।

आर्मी र थ्रीस्टार पछिल्लोपटक २०७५ मा सँगै फाइनल पुगेका थिए । त्यतिबेला निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा थ्रीस्टारले जीतेको थियो । थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी क्लब उपाधिविहीन छ ।

१२ टिमले भाग लिएको प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, संकटा क्लब, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, थ्रीस्टार क्लब, पारो फुटबल क्लब भुटान, नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब सहभागी छन् ।

माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा विजेताले १२ लाख १ हजार र उपविजेता टोलीले ६ लाख १ हजार नगदसहित मेडल, ट्रफी लगायत प्रदान गरिनेछ । प्रतियोगिताको अफिसियल बैंक– लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स –बुद्ध एयर रहँदै आएका छन् ।

उत्कृष्ट पांच विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गर्दै आएका छन् । म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा यु.के.बाट सौजन्य दिँदै आएको छ ।

२३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

पोखरा–१७, दोविल्लामा २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा लगायत फुटबल प्रशिक्षण दिदै आएको सहारा फुटबल एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्