आहारारा पोखरा गोल्डकप:आर्मीले उपाधि जित्दै इतिहास रच्यो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सुरज श्रेष्ठ/पोखरा । पोखरा रंगशालामा शनिबार सम्पन्न  २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधी त्रिभुवन आर्मीले हात पारेको छ ।

पोखरा रंगशालामा पटक/पटक उपाधीको नजिक पुगेर पनि विजेता बन्नबाट चुकेको आर्मी यस पटक भने उपाधी जित्दै इतिहास रचेको छ ।

आर्मीले ५ पटकको आहा रारा गोल्डकपको विजेता थ्रीस्टारलाई ३–० ले पराजित गर्दे उपाधी हात पारेको हो ।

खेलको ३८ औं मिनेटमा सिद्धान्त चौधरीले हानेको करर्नरलाई जिलेप्सीजंग कार्कीले हेड मार्फत गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए ।

खेलमा एकाेहोरो हावी भएको आर्मीले ५ पटकको विजेता थ्रीस्टारलाई खुलेर खेल्ने मौका नै दिएन ।

खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

विपक्षीलाई गोलको लागि कुनै मौका नै नदिने रणनितिको साथ मैदानमा उर्तेको आर्मीले निरन्तर गोलको लागि प्रयास गरि रह्यो ।

 र, खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले पुनः अर्को गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

आहा रारा गोल्डकपमा आर्मी र थ्रीस्टारबीच यसअघि २०७५ सालको फाइनलमा भेट भएको थियो । उक्त खेलमा आर्मीलाई ट्राइब्रकेरमा ५–४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो ।

 त्यतिबेला निर्धारित खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

यसअघि ४ पटक फाइनलमा पुगेर पनि त्रिभुवन आर्मी उपाधिविहीन थियो भने थ्रीस्टारले ६ पटक सहभागी हुँदा ५ पटक उपाधि जितिसकेको छ ।

आर्मीले आफ्नो हारको श्रृंखला अन्त्य गर्दै १५ औं सहभागितामा पहिलो पटक उपाधि जितेको छ ।

शीर्ष उपाधि विजेता त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको  छ भने उपविजेता बनेको थ्रीस्टार क्लबले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

सर्वोत्कृष्ट खेलाडी आर्मीका डिफेन्डर विमललाई

आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा शीर्ष उपाधिसहित विधागत पुरस्कारमा विभागीय टिम नेपाल आर्मीले वर्चश्व कायम गरेको छ ।

आर्मीले वर्षोत्कृष्ट खेलाडीसहित ६ विधाबाट पुरस्कृत भएको छ । आर्मी बेस्ट प्लेयरसहित डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोल रक्षक र प्रशिक्षक विधामा उत्कृष्ट ठहरियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका डिफेन्डर विमल पाण्डे घोषित भएका छन् । टोलीलाई उपाधी दिलाउन ठुलो भूमिका खेलेका उनले फाइनलमा विपक्षीलाई गोल गर्ने अवसर नै दिएनन । उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरे । उनी उत्कृष्ट डिफेन्डर समेत घोषत भए ।

उत्कृष्ट गोलरक्षक आर्मीकै समित श्रेष्ठ भए घोषित भए । उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका विवेक पौडेल, उत्कृष्ट स्ट्राइकर आर्मीका जिलेस्पी जगं कार्की,हाईस्कोरर आर्मीकै दिनेश हेन्जन घोषित भए । उनले कुल खेल अवधीभर ३ गोल गरे ।

उत्कृष्ट प्रशिक्षक मेघराज केसी घोषित भए भने फेयर प्ले जावलाखेलले पायो । विधागत उत्कृष्ट हुने खेलाडीले समान रु. २५/२५ हजार सहित ट्रफी हात पारे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्