पाेखरा ५ मा आगामी १३ गतेदेखि ‘दादुरा–रुबेला’ रोगविरुद्धको खोप अभियान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ के.सी/पाेखरा । आगामी १३ गतेदेखि पाेखरा वडा नम्वर ५ मा ‘दादुरा–रुबेला’ रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

पाेखरा ५ का वडा सदस्य तथा शहरी स्वास्थ्य केन्द्र वडा नम्वर ५ काे व्यवस्थापन समितिकाे अध्यक्ष कल्पना भुवाजी  क्षेत्रीले फागुन १३ गते (आइतबार)देखि ‘दादुरा–रुबेला’ रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिईन् ।

 राष्ट्रिय कार्यक्रमअनुरूप वडामा समेत खोप अभियान सञ्चालन गरिन लागेको उनकाे भनाई छ ।

खाेप अभियान १३ फागुनदेखि सञ्चालन भई १८ फागुनसम्म हुनेछ । वडामा नाै महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई ५ वटा खोपकेन्द्रमार्फत ‘दादुरा–रुबेला’ खोप सञ्चालन गरिनेछ ।

जसअनुसार १३ गते धर्मस्थली आधारभुत विद्यालय, १५ गते विहानी मन्टेश्वरी, १६ गते हिलसाइड बाेडिङ् स्कुल, १७ गते बाराही मा विमा र १८ गते शहरी स्वास्थ्य केन्द्र वडा नम्वर ५ मा खाेप दिईने बताईन् ।

कुनै पनि बच्चा खाेपबाट बञ्चित हुन नपराेस् भन्नाका खातिर  ‘दादुरा–रुबेला’ रोगविरुद्धको खोप अभियान सूचना तथा जानकारी एकाआपसमा सेयर गरिदिनुहुन वडा सदस्य क्षेत्रीकाे आग्रह छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्