मुलुकको व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने कुरा सही होइन : एमाले अध्यक्ष ओली

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर हुने गरेको टिप्पणी सही नभएको बताएका छन् ।

मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनी प्रश्न गरे ।

‘एउटा चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन । तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरु उहाँहरु मन्त्री भइसक्नु भएको छ । माननीय भइसक्नुभएको छ । नेता भइसक्नुभएको छ । पहिले पनि त्यस्तै थियो र समय ?’ ओलीले प्रश्न गरे ।

अहिले संसदमा र सरकारी क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यवस्था रहेको भन्दै उनले कानुनमा तोकिए भन्दा बढी महिला सहभागिता नगराउने प्रवृत्ति भने बेठीक भएको बताए ।

अब सामान्यतया सशक्तिकरणको बाटोबाट यसलाई बढाउँदै लगेर बराबरी पुर्‍याउने बाटोमा जानुपर्छ’, ओलीले भने, ‘अवस्था फेरिएको छ, अवस्था पहिले भन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ । यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पुर्‍याउने हाम्रो अगाडि जिम्मेवारी छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्