राष्ट्रियसभा अध्यक्षमा दाहाल नारायण दाहाल निर्वाचित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा ५६ जनाले मतदान गरेका थिए, जसमा दाहालको पक्षमा ३९ मत परेको छ । उनको विपक्षमा जम्मा १७ मत खसेको छ । दाहाललाई सत्तारुढ माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले मत दिएका छन् ।

त्यसअघि नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । उनको पक्षमा कांग्रेसको १६ र लोकतान्त्रिक समाजवादी पार्टीको १ गरी १७ मत परेको थियो भने विपक्षमा ३९ मत खसेको थियो ।

दाहालले मंगलबार नै सपथ र पदभार ग्रहण गरेका छन् । उनले राष्ट्रिय सभालाई ओजपूर्ण बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए ।

नयाँ संविधान जारी भएपछि २०७४ मा बनेको राष्ट्रिय सभामा गणेश तिमिल्सना अध्यक्ष निर्वाचित भएका थिए । ६ वर्ष राष्ट्रियसभाको अध्यक्ष बनेका तिमिल्सिनाकोे कार्यकाल २० फागुनमा सकियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्