प्रजनन स्वास्थ्य र पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरा महानगरपालिका वडा नं ५ मा महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण र पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शहरी स्वास्थ्य केन्द्र ५ को समन्वयमा फागुन ३० गते महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण र नेपाल अर्वुद रोग निवारण संस्थाको सहयोगमा चैत्र १ पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर कार्यक्रम वडा कार्यालयले आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा २४४ जनाले ख्क्ष्ब् परिक्षण गरेका थिए । जसमध्ये ९४ जनाले औषधीको सेवन गर्नुपर्ने देखियो ।

 

कार्ययक्रमको समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष विष्णु बरालले वडाबासीको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताए । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु राम्रो भन्दै समय समयमा स्वास्थ्य परिक्षण गर्नु सुझाए ।

वडा सदस्य तथा शहरी स्वास्थ्य केन्द्र ५ का अध्यक्ष कल्पना क्षेत्रीले पहिलो प्राथमिकता व्यक्तिले आफ्नो स्वास्थ्यलाई दिनुपर्ने बताईन ।

आफु स्वस्थ भए परिवार समाजलाई स्वस्थ राख्न सकिने बताउँदै बेलाबेला स्वस्थ परिक्षण गर्नाले आफ्नो स्वास्थ्यबारे जानकार भई ठुलो रोग लाग्नबाट पनि बच्न सकिने बताइन ।

दुई दिन भएको कार्यक्रममा अभिमुखिकरणको प्रशिक्षण स्वास्थ्य महाशाखाका नर्सिङ अधिकृत सविना श्रेष्ठले गरिन् ।

स्वास्थ्य शिविरमा वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.छममाया पुन, डा.बविता खड्का, डा.एलिना श्रेष्ठ र नर्सहरुको टिम रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्