कास्कीका २८ हजार बालबालिकालाई पाेलियाे खाेप लगाइने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । कास्कीका २८ हजार ३ सय ७ बालबालिकालाई पोलियो (आइपिभी) खोप लगाइने भएको छ । आइपिभी खोप अभियान २०८१ अन्तर्गत कास्कीका ५ सय ५० खोप केन्द्रमा लक्षित बालबालिकालाई खोप दिन लागिएको हो ।

 अभियानको लागि ५ सय ५० स्वास्थ्यकर्मी र १ हजार १ सय स्वयंसेवक परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक रामबहादुर नेपालीले जानकारी दिए ।

अभियान अन्तर्गत पोखरा महानगरका ४ सय ६० खोप केन्द्रमा २४ हजार ५ सय ७९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

उनले जेठ महिनाको १३ देखि २६ गतेसम्म गरी ५ देखि ८ वर्षसम्मका बालबालिकालाई खाेप दिन लागेकाे बताए ।

खोप दिन लागेको बताए । जिल्ला स्वास्थ्य कार्यालय कास्की र खोप समन्वय समिति पोलियो कास्कीले मंगलबार आयोजना भएको गरेको कार्यक्रममा कार्यालय नभियान प्रमुख नेपालीले विद्यालय केन्द्रीत खोप अभियान सञ्चालन गर्ने बताए । उनले पोलियो गराउने भाइरसलाई ल्याबमा सीमित दिन राखेर वातावरणमा हुन नदिने प्रयास भएको उल्लेख गरे ।

स्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृत नरबहादुर सारुले जिल्ला नेपालमा आइपिभी खोप सेवा २०७१ सालदेखि सुरुवात गरेको जानकारी दिए । उनले २०७३ नकारी वैशाखदेखि २०७५ असोज ३० सम्म खोप लगाउन छुटेका खोप बालबालिकालाई लक्षित गरी खोप अभियान गर्न लागेको बताए ।

५ देखि ८ वर्षसम्मका वालवालिका खोपको लक्षित समूहमा पर्छन् । खोप केन्द्र विद्यालय केन्द्रि भएता पनि छुटेकालाई अन्तिम दिन स्वास्थ्य संस्थामा खोपको व्यवस्था गरिएको छ,’ उनले भने ।

उनले पोलियोले जुन सुकै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने जानकारी दिए   

जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले अभियान अन्तर्गत खोजी खोजी सबै बालबालिकालाई खोप दिइने बताए । उनले नियमित खोपबाट छुटेका ४ प्रतिशतलाई समेट्ने गरी कार्यक्रम गर्ने जनाए ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल र शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख लोकनाथ आचार्य खोप अभियानको तयारीबारे प्रकाश पारे । २०३६/०३७ बाट मुखबाट पोलियो खुवाउने कार्यक्रम सुरुवात भएको हो । नेपाल सन २०१० देखि पोलियो मुक्त (शून्य) देश भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्