पहिराेले मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ ।पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।

पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्