प्राईम सहकारी ठगी मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । प्राईम सहकारी ठगी मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले विहिवार साँझ प्रकाउ गरेकाे छ ।

पक्राउ पर्नेमा पर्वत जिल्ला मोदी गा.पा. वडा नं. १ स्थायी घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८ बस्ने वर्ष ५५ की धन कुमारी गुरुङ, साेहि ठाउँ घर भई हाल पोखरा म.न.पा. वडा नं. ८ बस्ने वर्ष ४७ की सिता कुमारी गुरुङ र जि कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ३ तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्की रहेका छन् ।

प्रकाउ परेकालाई सहकारी कसूर अभियोग बमोजिम सजायको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्