डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा  वृक्षारोपण र गोडमेल 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

लायन्स क्लव अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्ट (Tree Plantation Department) को आयोजनामा वृक्षारोपण र गोडमेल कार्यक्रम

शनिवार सम्पन्न भएकाे छ ।

 राष्ट्रिय विभुति तथा सहिद पार्क, पोखरा १८ जामुनवोटमा  २ ट्रक प्राङ्गारिक मल, २० वोरा जुतो र कुखुराको मल बिरुवामा राखी वृक्षारोपण र गोडमेल गरिएकाे हाे भने राष्ट्रिय विभुति तथा शहिद पार्कमा सरसफाई प्रयोजनार्थ झारपात काट्ने कृषि औजार राष्ट्रिय विभुति तथा सहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापालाई हस्तान्तरण गरिएको थियाे ।

लायन्स क्लवले एभोकार्डाे ३० वटा, बेलाउती  ३० वटा, धुपी ४० वटा,  फूलहरुका विरुवा ३० र अन्य विरुवा २० गरी १५० विरुवा शनिवार राेपेकाे हो भने पार्क व्यवस्थापन समितिको माग वमोजिम अन्य थप बिरुवा उपलब्ध गराउने भएको छ ।

डिस्ट्रिक्ट ३२५ M का डिस्ट्रिक गभर्नर लायन चण्डी प्रसाद अर्यालको प्रमुख आतित्थतामा भएकाे कार्यक्रम डिस्ट्रिक्ट ३२५ एम, GST Co-ordinator MJF Lion जगन्नाथ तिमिल्सिनाको संयोजकत्व, Tree Plantation Department secretary लायन नवराज अधिकारीको अध्यक्षातामा र ३६ क्लवहरुको संयुक्त समन्वयमा सम्पन्न सम्पन्न भएको हो ।

कार्यक्रममा First VDG MJF लायन धनीराम बराल, District Cabinet Secretary MJF लायन शिवराज आचार्य, District Cabinet Treasurer MJF लायन शम्भुराज वास्तोला, PRO in Chief डोलराज पोखरेल, New Voice Inatiative Chief पुस्पा आचार्य, Co-Chief Advisor दामु अधिकारी, रामचन्द्र पोखरेल, उमानाथ बराल, तारा गिरि, Chief of Counsellor Gandaki दिनबन्धु पोखरेल, GST District Co-ordinatior जगन्नाथ तिमिल्सिना, पढाउ अभियान चिफ बिष्णु बराल, रास्ट्रीय बिभुति तथा सहिद पार्क समितिका अध्यक्ष भरत बहादुर थापा, भृकुटी आमा समुह ग्यारजतीको अध्यक्ष मनु भण्डारी लगाएत विभागीय प्रमुख, रिजन र जोन चियर पर्सन, क्लवका पदाधिकारी र विभिन्न क्लवहरुको तर्फबाट २७० भन्दा बढी लायन तथा लियो लिडरहरुको उपस्थिति रहेको Tree Plantation Department Officer लायन राम प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रमको स्थानिय संयोजन लायन्स क्लव अफ पोखरा लेकसाइड र लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले गरेको थियो, भने कार्यक्रमको संचालन Tree Plantation Department Officer लायन सन्तोष शर्मा तिमिल्सिनाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्