
पाेखरा ।
मनकामना ज्येष्ठ मिलन केन्द्रकाे अध्यक्षमा हाेमनाथ बराल निर्वाचित भएका छन् ।
मंगलवार भएकाे केन्द्रकाे दाेस्राे साधारणसभा तथा पहिलाे अधिवेशनले बरालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेेकाे हाे । उनी यसअघि पनि केन्द्रकाे अध्यक्ष थिए ।
पाेखरा ५ मालेपाटनस्थित स्मृति मार्ग (मनकामना) मा रहेकाे मनकामना ज्येष्ठ नागरिक मिलन केन्द्रकाे उपाध्यक्षमा धनपति बराल, सचिवमा रामप्रसाद पौडेल, काेषाध्यक्षमा डिलमाया अधिकारीर सहसचिवमा दामोदर पौडेलले चयन भए ।
यसैगरी केन्द्रकाे सदस्यमा केशवप्रसाद पराजुली, केशव बहादुर बराल, शेषकान्त पौडल, कविराज सुवेदी, राधा बराल, मिना बराल, रमा बराल र खेम बहादुर खत्री चयन भएका छन् ।
कार्यक्रमकाे उद्घाटन गर्दै पाेखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले ज्येष्ठ नागरिक मिलन केन्द्रले जेष्ठ नागरिकहरुलाई एकआपसमा नजिक भएर कुराकानी गर्न सहज हुने बताए ।