पोखरा । पोखरा वडा नं. ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।
समाजले ३१औं स्थापना दिवसको अवसरमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले सूर्यचन्द्र विकास समाजले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको बताए ।
उनले संस्थाको यसप्रकारका सामाजिक कार्यमा वडाले सधैँ साथ दिने प्रतिवद्धता समेत जनाए ।
वडाका निवर्तमान वडाध्यक्ष धनबहादुर नेपालीले समाज र वडा कार्यालयले सहकार्य धेरै काम गरिएको र भविष्यमा पनि गर्न सकिने बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यबाहक मन्त्री रमा कोइराला, वडा सदस्यहरु हरिमाया विक, गोविन्दप्रसाद पराजुली र कल्पना क्षेत्री लगायतले बाेलेका थिए।
समाजकी अध्यक्ष कमला गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सावित्रा कोइरालाले स्वागत र महासचिव हेमराज भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।