पोखराको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी, डेढ करोड क्षतिकाे अनुमान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

पोखराको लेकसाइड स्थित नारेश्वर चोकमा रहेको एक सपिङ सेन्टरमा आगलागी भएको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको हो ।

आगलागीबाट डेढ करोड भन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालयले जानकारी दिएको हो ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोस निरौलाका अनुसार विहान २ः १५ बजे भएको आगलागी ३ : १५ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकलको सहयोगमा नियन्त्रणमा लिएका हुन् ।

आगलागीमा परेर सपिङ सेन्टरमा रहेको वाइन सप, ग्रोसरी सप र कस्मेटिक सपमा पूर्णरुपमा क्षति भएको छ ।

विद्युत सट भएर अगालागी भएको हुनसक्ने अनुमान गरिएको भएपनि विस्तृत अनुसन्धान हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए ।

तस्वीर: आशिष पुरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्