१४ लाख रुपैयाँ बराबरका धनमाल चोरेको आरोपमा ४ जना पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोेखरा । चोरी तथा डाँका सम्बन्धी कसूरमा ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गा.पा. वडा नं. ४ लाहाचोक बस्ने वर्ष ४२ को सुर्य बहादुर घर्ती क्षेत्री, माछापुच्छ्रे गा.पा. वडा नं. २ भराभरी बस्ने वर्ष ५१ को खड्क बहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नं. २१ बस्ने वर्ष ५८ को लोक बहादुर राना मगर र पोखरा वडा नं. ३ नदिपुर बस्ने वर्ष ३५ को राजु सुनार रहेका छन् ।

निजहरुले गत ३ गते राति अन्दाजी साढे ८ वजेको समयमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा ४÷५ जनाको समूहका मानिसहरुले आई धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना (सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर), मोवाईल १ थान र नगद रु.१,७३,०००।– समेत गरी अन्दाजी मुल्य रु. १४,०८,०००।– बराबरका धनमाल चोरी गरेको आरोप छ ।

पक्राउ परेकोहरुमाथि चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्