
पाेखरा । पाेखरा ९ न्युराेडमा रहेकाे होटल दिप दर्शनमा लागूऔषधकाे काराेबार भएकाे थाहा पाएपछि लागूऔषधसहित २ जनालाई कास्की प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा हाेटल सञ्चालक शुक्लागण्डकी नगरपालिका वडा नं.८ स्थायी वतन भई हाल पोखरा ९ न्यूरोड बस्ने ३७ वर्षीय इन्दु देवी श्रेष्ठ र साेही हाेटलका म्यानेजर स्याङजा आँधिखोला गाउँपालिका वडा नं.३ स्थायी वतन भई हाल पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय मिलन पाैडेल रहेका छन् ।
बुधवार दिउँसाे करिव साढे तिन वजेकाे समयमा हाेटलमा अबैध रुपमा लागू औषधको कारोबार भई रहेको भन्ने गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालयकाे टाेलीले छापा मारेकाे थियाे ।
प्रहरी पक्राउ परेका व्यक्ति र बरामद लागूऔषध विहिवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेकाे हाे ।
पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएकाे छ ।
बरामद लागू औषधको विवरण :-
१. Tapentadol Hydrochloride Capsules TAPLE-50 लेखेको हरेक बट्टामा १० पत्ता रहेको र १ पत्तामा १० ट्याबलेटका दरका १३६ बट्टामा रहेको १३६×१००=१३६००।– (तेह्र हजार छ सय) ट्याबलेट,
२. Tapentadol Tablets APENDOL-50 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा १० ट्याबलेटका दरले १६ बट्टाको १६×१००=१६००।– (सोह्र सय) ट्याबलेट,
३. Tapentadol Tablets-50 mg Tenad-50 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा २० ट्याबलेटका दरले १३ बट्टाको १३×२००=२६,००।– (छब्बिस सय) ट्याबलेट,
४. Tapentadol Tablets-75mg Tenad-75 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा २० चक्कीका दरले २० वटाको २००×२०=४,०००।– (चार हजार) ट्याबलेट,
५. Tapentadol Hydrochloride Extendend Release Tablets-100 TPall-Er-100 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा १० ट्याबलेटका दरले ११६ बट्टाको ११६×१००=११,६००।– (एघार हजार छ सय) ट्याबलेट,
६. Tapentadol Tablets-100 mg Tenad-100 लेखेको हरेक बट्टामा १० पत्ता हरेक पत्तामा २० ट्याबलेटका दरले ४९ बट्टाको २००×४९=९८००।– (नौ हजार आठ सय) ट्याबलेट
७. Tapentadol-75mg को ४०००।– (चार हजार) ट्याबलेट
८. Tapentadol-100 mg को २१४०० (एक्काईस हजार चार सय)
जम्मा कुल ४३,२००।– (त्रिचालिस हजार दुई सय) ट्याबलेट र २ थान मोवाईल बरामद भएको ।
तस्वीर : सागर ढकाल