चिकित्सा आयाेगकाे परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुने शिक्षामन्त्रीद्वारा जानकारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौ ।

विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराएकी छन् ।

 बुधबार सामाजिक संजाल फेसबूकमा एक स्टाटस मार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फाराम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण)मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताईन् ।

 उनले भनेकी छन्, ‘चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउँदछु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्